भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

नुवाकोट । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले जनाएको छ ।

उक्त तालिममा प्रशिक्षकको रुपमा प्रोफेसर डक्टर भगवान कोइराला, डा. सन्दिप थापा, डा.इस्म्रिीति शाक्य, डा. राजाराम खनाल, डा. रत्नमणि गजुरलेको उपस्थिति रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले डा. भगवान कोइराला लगायतका डक्टर सहितको टीमलाई गाउँपालिकाको समुदाय स्तरमा जनचेतना प्रदान गर्नुभएकोमा सबै डक्टरको टीमलाई धन्ववाद प्रदान गरे ।

आगामी दिनमा पनि यस्तै प्रकृतिको कामको अपेक्षा व्यक्त गर्दै अध्यक्ष थापाले यस्तो पवित्र कार्यका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पारे । प्रशिक्षण कार्यक्रममा दशवटा स्वास्थ्य चौकीका इन्चार्ज, महिला स्वास्थ्य स्वयम् सेविका गाउँपालिकाका कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.