भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

शुक्रबारदेखि तीन दिन काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा बिजुलीको आपूर्ति ठप्प हुने

शुक्रबारदेखि तीन दिन काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा बिजुलीको आपूर्ति ठप्प हुने

काठमाण्डौ । शुक्रबारदेखि तीन दिन काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा बिजुलीको आपूर्ति ठप्प हुने भएको छ । स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्न लागेकाले बिजुलीको आपूर्ति ठप्प हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन शनिबार दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ । टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, रिङ रोड, भैँसेपाटी फिडरका साथै टेकु सबस्टेसन तथा थापाथली, सुन्धाराबाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.