भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर ः अर्थमन्त्री महत

शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर ः अर्थमन्त्री महत

काठमाडौं । राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । अर्थमन्त्री महतले बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा उक्त कुरा बताएका हुन ।

अर्थमन्त्री महतले सरकार शेयर कारोबारले सहज रुप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताहरुको लगानी डुब्न नदिने बताए । शेयर बजारमा परेको नकरात्मक प्रभावका विषयमा सरकार गम्भिर रहेको भन्दै यसलाई पारदर्शी, नीतिगत, प्रक्रिया र प्रणालीगत सुधार ल्याउने उनको भनाई छ ।

उनले पछिल्लो समय लगातार रुपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताए । अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगायएको १२ करोडको सीमाले प्रभावित बनाएको दाबी गरे । उनले शेयर कर्जा सहज बनाउन सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका उल्लेख गरे ।

शेयर बजारमा सबैखाले मानिसहरुले हैसियत अनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानूनले छुट दिएको बताउदै शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियर अन्य पेशा व्यवसाय लगायत सबैले शेयर बजारमा लगानी गर्नसक्ने उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.