भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

संक्रमितको संख्या ५३ हजार १२० पुग्दा ३३६ जनाको मृत्यु, ३७ हजार ५२४ जना संक्रमणमुक्त (भिडियाे)

संक्रमितको संख्या ५३ हजार १२० पुग्दा ३३६ जनाको मृत्यु, ३७ हजार ५२४ जना संक्रमणमुक्त (भिडियाे)

काठमाडौं । थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ थपिए संक्रमित ?
काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा कोरोना पुष्टी भएको छ। यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८-१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०-१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।

महोत्तरी र रोल्पाका ८-८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७-७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४-४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३-३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २-२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १-१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/2748816905334627/

 


Thali Mobile Pvt.Ltd.