भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सडकमा अपरिचत समूहले बायाँ खुट्टा काटेर छुट्याएपछि विकलाई कोलपुर रिफर

सडकमा अपरिचत समूहले बायाँ खुट्टा काटेर छुट्याएपछि विकलाई कोलपुर रिफर

दाङ । तुलसीपुरमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरि खुट्टा काटिदिएपछि एक जना गम्भिर घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको अपरिचित समुहले खुटा छिनालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले बताए ।

आफन्तको बिहेमा गएर फर्किएका बिकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर छुट्याइदिएको उनको भनाई छ । दुबैहातका हत्केला र औंलामा खुकरीको गहिरो चोट लागेको छ । घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको व्यापक खोजी भैरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.