भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सन्दीप लामिछाने आज चीन जाने

सन्दीप लामिछाने आज चीन जाने

काठमाडौं । १९औँ एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ । सन्दीपसँगै आज सागर ढकाल पनि चीन जाँदैछन् ।

ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण टिमसँग जान पाएका थिएनन् ।

 


Thali Mobile Pvt.Ltd.