भर्खरै : Sorry, your browser does not support inline SVG.

समाजवादी मोर्चाः बाबुरामलाई झटारो, विप्लवलाई चटारो

समाजवादी मोर्चाः बाबुरामलाई झटारो, विप्लवलाई चटारो

काठमाडौं । एमाले बाहेकका वामपन्थी दलहरुको मोर्चा बनाउने प्रयास सफलताको बिन्दुमा पुगेको नेताहरुले बताएका छन् । केही दिनभित्र समाजवादी मोर्चाको घोषणा गर्ने तर्क उनीहरुको छ ।

चारवटा पार्टीका नेता सम्मिलित वार्ता समितिको बैठक बसेको र एक–दुई दिनभित्र मोर्चा घोषणा गर्ने तयारी भइरहेको एकीकृत समाजवादीले गठन गरेको वार्ता समिति सदस्य गंगालाल तुलाधारले बताए ।

छलफलमा सत्तारुढ दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र संसद बाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागि भएका छन् । तर यो मोर्चामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने नअटाउने देखिएको छ ।

नेसपा अध्यक्ष भट्टराई गृहजिल्ला गोरखा व्यस्त छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ जाने पूर्वनिर्धारित कार्यक्रम भएकाले शुक्रबारसम्म मोर्चा घोषणा हुने बैठकमा सहभागी नेताहरु बताउँ छन् ।

केही समय यता प्रचण्ड र बाबुरामबीच सघन संवाद हुन नसकेको नेताहरुको भनाइ छ । सत्ता समीकरण फेरबदल र अस्थिर राजनीतिका कारण प्रचण्डले समाजवादी केन्द्र निर्माणको विषयमा समय दिन नसकेजस्तो देखिए पनि राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड र बाबुरामबीच दुरी बढ्दै गएको उनीहरू निकटका नेताहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.