काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज सकिदै छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ हजार ३ सय ५९ मतगणनामा एमाले पहिलो पाटी बनेको छ ।
२८ लाख १४ हजार ६ सय ५५ मत एमालेले पाएको छ । यस्तै २६ लाख ८८ हजार २ सय १८ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । ११ लाख ६४ हजार १ सय २ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाएको छ ।
जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९६ हजार ९० मत मात्रै पाएको छ । प्रत्यक्षतर्फको सबै परिणाम आईसकेकाले निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सकिएलगत्तै सिट विभाजनको प्रक्रिया सुरू गर्ने जनाएको छ ।
आगामी २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण नतिजासहितको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ ।त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बुझिएको छ ।
