भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सरकारी जागिरमा अनियमितता गरी इन्जिनियर रामबहादुर रानाभाटले कमाए ३ करोड

सरकारी जागिरमा अनियमितता गरी इन्जिनियर रामबहादुर रानाभाटले कमाए ३ करोड

काठमाडौं । सरकारी जागिरमा रहँदाको २४ वर्षमा अनियमितता गरी रामबहादुर रानाभाटले झन्डै ३ करोड रुपियाँ आम्दानी गरेको भृटिएको छ । लमही दाङका इन्जिनियर रानाभाटले पदको दुरुपयोग गरी सो रकम कमाएका सार्वजनिक भएको हो । २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका रानाभाट गत वर्ष कार्तिक ६ गतेसम्म जागिमै थिए ।

अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले छानबिनकै क्रममा सो तथ्य फेला पारेको हो । रानाभाटको जीवनशैली एकाएक र अस्वाभाविक, पदीय हैसियतअनुसार अमिल्दो भएपछि आशंका गर्दै अख्तियारमा उजुरी पर्यो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन अगाडि बढायो । इन्जिनियर रानाभाटले कमाएको ३ करोड १५ लाख ८१ हजार ६६ रुपियाँ ८० पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा दायर गरेको छ ।

जागिरे अवधिमा कमाएको र खर्च गरेको रकममा तारतम्यता नदेखिएपछि आयोगको प्रारम्भिक अनुसन्धानले मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले बताए । आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको सेयर, जग्गा, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको आयोगले जनाएको छ ।

रानाभाटको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । प्रवक्ता दाहालले भने, ‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको रानाभाट र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको देखिन आएको छ ।’ रानाभाटविरूद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ ।

आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.