भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

सर्वसम्मत नेतृत्व चयनमा सकस, एमाले बन्दसत्र आज सकिदै

सर्वसम्मत नेतृत्व चयनमा सकस, एमाले बन्दसत्र आज सकिदै

चितवन । सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण अधिकार दिइएपनि नेकपा एमालेको नेतृत्व चैनमा सकस देखिएको छ । दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजोबाट सुरु भएको बन्दसत्रमा हलले अध्यक्ष ओलीलाई सर्वसम्मतिका लागि अधिकार प्रदान गरेको थियो । एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेपनि सहमति नहुने अध्यक्षका प्रत्यासी भिम रावले बताए ।

दाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंग्याउनु पर्नेमा सबै नेताहरु लागि परेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । आज नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुने उनको भनाइ छ । हिजोको बन्दसत्रले शुक्रबार चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको १५ औँ बैठकले गरेको प्रस्ताव पारित गरेको छ ।

दशौँ महाधिवेशनको बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको महाधिवेशन प्रचार कमिटी संयोजक योगेश भट्टराईले बताए । आज बिहान १० बजेबाट बन्दसत्र शुरु हुँदै छ ।
बन्दसत्रले पारित गरेका प्रस्तावः
१. १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने छ ।
२. कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने छन् ।
३. पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकार सहित पदेन केन्द्रीय सदस्य रहने छन् ।

४. पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ ।
५. केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुनेछन् ।

६. स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुनेछन् ।
७. प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ । बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।

.प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने
.उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने

.सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
.आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने

.तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने
.दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने

.थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने
.मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने

.श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने
.पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने

.खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने

८. केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने ।
९. बन्द सत्रका अन्य कार्यक्रम मिति २०७८ साल मंसिर १२ गते विहान १० बाट शुरु हुनेछ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.