भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, २७ जना घाइते

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, २७ जना घाइते

जाजरकोट । आइतबार बिहान कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । सडकभन्दा करिब १ सय ५० मिटर तल बस खसेको हो । बसमा ३२ जना यात्रु सवार रहेका थिए ।

घाइते २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको जाजरकोट डीएसपी मधुकुमार थापाले बताए ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनको भनाइ छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.