भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

साउदी राजकुमारले धेरै पटक प्रतिवद्धता जनाएपनि लागु हुन सकेन,अरबमा ६४ कैदीलाई मृत्युदण्ड

साउदी राजकुमारले धेरै पटक प्रतिवद्धता जनाएपनि लागु हुन सकेन,अरबमा ६४ कैदीलाई मृत्युदण्ड

एजेन्सी । ६४ जनालाई साउदीमा मृत्युदण्ड दिइएको छ । एक अधिकारवादी समूहले साउदी अरवमा ६४ जनालाई मृत्यदण्ड दिएको जनाएको छ । ईएसओएचआरले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनमा साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै आलोचना गरेको छ ।

आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् । सन् २०२२ मा आतंकवादसँग सम्बन्धित अपराधका लागि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो । साउदी अरबले मृत्युदण्ड घटाउने राजा सलमानका छोरा तथा वास्तविक शासक राजकुमार मोहम्मद बिन सलमानले धेरै पटक प्रतिवद्धता जनाएपनि व्यवहारमा लागु हुन नसकेको अधिकारकर्मीको भनाई छ ।

युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनासम्म ६३ जना र जुलाइसम्ममा ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.