नाम्खा पुग्यो फोर जी सेवा

नाम्खा पुग्यो फोर जी सेवा

हुम्ला । नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।

लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । नेपाल टेलिकमको माइक्रो वेभबाट फोर जी सेवा सुचारु भयसँगै नाम्खा गाउँपालिकाका इन्टरनेट सेवा सहज भएको छ ।

वल्र्डलिंकको इन्टरनेट सेवाबाट महँगोमा शुल्क तिरेर काम गर्दै आएको थियो । उहाँले एक वर्षको अथक प्रयासपछि गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा स्थापना गर्न सफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बताए । वार्षिक साढे बाह्र लाख रुपियाँ वल्र्डलिंकलाई शुल्क तिरिँदै आएकोमा अब त्यो आर्थिक व्ययभारबाट गाउँपालिकाले छुटकारा पाएको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.