काठमाडौं । भोलिदेखि अर्थात साउन १ गते देखि नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ । सूचना तथा प्रसारण विभागले असार २९ गते एक सूचना सार्वजनिक गर्दै नेपालमा प्रसारणमा रहेका सशुल्क विदेशी च्यालनहरूको प्रसारण बन्द हुने अवस्था आएको जानकारी दिएको छ ।
नेपालमा विदेशी च्यानलको प्रसारण बन्द हुने कारण के हो भने सरकारले ‘अला कार्ट’ शुल्क प्रणाली लागू गर्ने निर्णय गरेपनि त्यसको कार्यान्वयनमा भारतीय पे टेलिभिजन सञ्चालकहरूले कार्यान्वयनमा असहयोग गरेपछि यस्तो अवस्था आएको हो ।
‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले च्यानलको प्याकेजहरू (बुकेहरू) माग गरेको थियो । तर, भारतीय च्यानलहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एउण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्र पठाउँदै च्यानलहरूको बुके बनाएर मुल्य तोक्ने र प्रत्येक च्यानलको फरकफरक मुल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएपछि सरकारले प्रतिक्रिया स्वरुप यस्तो बताएको हो ।
‘अला कार्ट’ प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्रै भुक्तानी गर्न सक्ने प्रणाली हो । यस प्रणालीमा जाँदा उपभोक्ता अधिकार स्थापित हुने भन्दै विभागले असार २८ भित्र च्यानलहरुको प्याकेज र मुल्य उपलब्ध गराउन पत्राचार गरेको थियो ।
तर, सो निर्णयलाई अवज्ञा गरिएपछि विभागले भोलिबाट ती च्यानलहरूको प्रसारण बन्द हुने जनाएको हो । विभागका निर्देशक सुदीप भट्टराईले भने, ‘अला कार्ट’ प्रणाली लागू भएपछि उपभोक्ताले आधारभूत प्याकेजका लागि २५० र सशुल्क च्यानलसमेत गरी अधिकतम ५०० मात्रै लिन पाउने निर्णय भएको छ । सो भन्दा बढी शुल्क लिन नपाउने निर्णय सरकारको छ ।’
असारको २८ गतेसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने च्यानलहरुको बुके र यस्तो बुकेमा रहने च्यानलहरुको छुट्टाछुट्टै मुल्य बुझाउन सरकारले पत्राचार गरेको थियो । तर, ती च्यानलहरुका सेवा प्रदायकले सरकारको निर्णय कार्यान्वयनमा पूर्णतः असहयोग गरेपछि सरकारले च्यानल बन्द गर्न
विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई भोलिदेखि च्यानल बन्द गर्न पत्राचार गरिसकेको छ । डिस्कभरी, सोनी, स्टार, कलर्स, जी, एचबीओलगायतका विदेशी च्यानलहरु अब भोलिबाट नेपालमा प्रसारण बन्द हुने भएका छन् ।
