सिद्धार्थ राजमार्ग ४ घण्टा बन्द

सिद्धार्थ राजमार्ग ४ घण्टा बन्द

बुटवल । सिद्धार्थ राजमार्ग आइतबारबाट दैनिक चार घण्टा यातायात बन्द गरिएको छ । बिहीबारसम्म बिहान साढे १० बजेबाट दिउँसो साढे १२ बजे र दिउँसो २ बाट अपराह्न ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।

राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्र थालिएकाले सडक आंशिक मात्र सञ्चालन गरिएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताए ।राजमार्गको झुम्सापुलदेखि दोभानसम्मको १ हजार ५ सय मिटर पहिलो चरणमा कालोपत्र हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.