२५ असार २०७७ सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीले गाउँ नै बगर बनेको छ । एक दर्जनबढी घर बगाएको छ भने कम्तिमा १६ जना मानिस वेपत्ता भएको अनुमान छ । बाढीले हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ ।
जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए । बाढीले जम्बु बजार नै बगाएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाको भनाई छ ।
बाढी र पहिरोले अरनिको राजमार्ग भत्काएको छ । बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
