भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सीमा अतिक्रमण विरूद्व ८० देशमा रहेका भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइने

सीमा अतिक्रमण विरूद्व ८० देशमा रहेका भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइने

काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले हालै सार्वजनिक गरेको नक्साको विरुद्ध विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन् ।

नेपाल सरकारले सीमा अतिक्रमणविरुद्ध प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गर्दै विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका हुन् । विश्वभरका नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले संस्थागत रूपमै भारतको उक्त कदमको कडा विरोध गरेको छ ।

भारतीले गरेको सीमा अतिक्रमणविरुद्ध उभिएको एनआरएनले आफू मातहतका ‘राष्ट्रिय समन्वय परिषद्’लाई भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन परिपत्र समेत जारी गरिसकेको छ । सीमा अतिक्रमणबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनका महासचिव डा.हेमराज शर्माले जानकारी दिए ।

७० लाख गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दैएनआरएनको हाल ८० बढी देशमा राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सोही देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइने गरी परिपत्र जारी गरिएको डा। शर्मा बताए।

 


Thali Mobile Pvt.Ltd.