भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सुडानमा युद्धविरामको पालना भएन

सुडानमा युद्धविरामको पालना भएन

एजेन्सी । ७२ घण्टे युद्धविराम गरेका सुडानमा सेना र अर्धसैनिक बलबीच युद्धविराम पालना नभएको जनाएको छ । अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौँ दिन बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको भएको भए पनि सुडानको सेना र र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ)बीच लडाइँ भैरहेको जनाइएको छ ।

वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ ।

राष्ट्रसङ्घीय निकायले झण्डै दु्ई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.