भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सुडानमा युद्धविरामको पालना भएन

सुडानमा युद्धविरामको पालना भएन

एजेन्सी । ७२ घण्टे युद्धविराम गरेका सुडानमा सेना र अर्धसैनिक बलबीच युद्धविराम पालना नभएको जनाएको छ । अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौँ दिन बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको भएको भए पनि सुडानको सेना र र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ)बीच लडाइँ भैरहेको जनाइएको छ ।

वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ ।

राष्ट्रसङ्घीय निकायले झण्डै दु्ई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.