भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द

सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द

पाल्पा । पाल्पा–बुटवल सडक दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माण सुरु भएको सुरुङ मार्ग निमार्णका लागि दैनिक ९ घण्टा सडक बन्द हुने भएको हो । सुरुङ निर्माणका क्रममा माथिबाट ढुङ्गा–माटो खस्न सक्ने जोखिम भएकाले सडक बन्द गरेर काम थालिने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले चैत २१ गतेदेखि लागू हुने गरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई अवरोध नहुने उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.