भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सैनिक इतिहास जगेर्ना गर्ने नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु

सैनिक इतिहास जगेर्ना गर्ने नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु

काठमाडौं । ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण‚ संवर्धन तथा नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्य बोकेको नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु भएको छ ।सैनिक इतिहास जगेर्ना गर्ने नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु

२०७९ चैत्र २९ गते गोरखा–जितगढी पदयात्रा गोरखा नगरपालिका ६ स्थित गोरखा दरबारबाट शुरु भएको हो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी रहेका छन्।सैनिक इतिहास जगेर्ना गर्ने नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु

पश्चिम पृतनापति उपरथी श्री दिपक कुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँ जिल्लामा तैनाथ फौजलाई गोरखाको सतीघाटमा, तनहुँ जिल्लामा तैनाथ फौजले पाल्पा जिल्लामा तैनाथ फौजलाई तनहुँको केलादीघाटमा र पाल्पा जिल्लामा तैनाथ फौजले रुपन्देही जिल्लामा तैनाथ फौजलाई पाल्पाको नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ ।सैनिक इतिहास जगेर्ना गर्ने नेपाली सेनाको गोरखा–जितगढी पदयात्रा सुरु

पदयात्राको दूरी करिब २०७ किलोमिटर हुने बताइएको छ। पदयात्रा गोरखा, तनहुँ, स्याङ्गजा, पाल्पा हुँदै मिति २०८० वैशाख ०७ गते रुपन्देही, बुटवलस्थित जितगढी पुगेर समापन हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.