भर्खरै : Sorry, your browser does not support inline SVG.

हजारौँ घर विस्थापित हुने गरी कैलालीको भजनी नगरपालिकामा बाढीको वितण्डा

हजारौँ घर विस्थापित हुने गरी कैलालीको भजनी नगरपालिकामा बाढीको वितण्डा

धनगढी । कैलालीको भजनी नगरपालिका अविरल वर्षाका कारण जलमग्न भएको छ । वर्षाका कारण हजार भन्दा बढी नगरवासी प्रभावित भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ ।

यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएकाले उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनप्रतिनिधि र प्रहरीले जनाएको छ ।

कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिइरहेका छन् । उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको स्थानीयको गुनासो रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.