भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

हरामखोर, गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ: नारायण शर्मा

हरामखोर, गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ: नारायण शर्मा

हुँदै नहुने भएको छ
धागो चुँडिएका चङ्गाहरुलाई एकतृत गर्न धेरै जटिल छ ।
तेल सिद्धिएका दियोहरुमा सँधै तेल थपेर बाल्न पनि कठिन छ ।।
बेट्री ड्यामेज भएका यन्त्रहरुलाई बेट्री वा यन्त्र फेरेर पनि चलाउन अत्यन्त मुस्किल छ ।
यस्ता म्याद सक्किएका र इन्जन मक्किएका यन्त्र–संयन्त्रहरुलाई त कवाडीखानामै बेच्न समेत दुसाध्य छ ।।

तैपनि जतिसुकै जटिल, कठिन र मुस्किल, दुसाध्य भए पनि
यसो नगरी हुँदै नहुने भएको छ ।
किन भने यी सबैलाई डम्पिङ साइटमा नफाली हुँदै नहुने भएको छ ।।

चेत हराएका नेताहरुलाई होशमा ल्याउन पनि झन् अति गाह्रो छ ।
नेत हराएका कार्यकर्ताहरुलाई पनि जोसमा ल्याउन अतिनै साह्रो छ ।।
तरल बनिरहेको देसको स्थितिलाई पनि ठोसमा बदल्ने काम पनि झन् कति हो कति गाह्रो छ ।
अनि, ग्यास बनेको क्रान्तिको अवस्थालाई क्यास गर्ने कुरा त झन् आकासको फल आँखा तरी मर भन्ने जस्तो भएको छ ।।

तैपनि जतिसुकै गाह्रो–साह्रो र असम्भव भएपनि
यी सब जसरी पनि नगरी हुँदै नहुने भएको छ ।।

सास सकिएको लाशलाई ब्युँझाउने उपाय भनौं त कति साध्य छ ।
भालुलाई पुराण सुनाएर उसमा ज्ञान भर्ने कुरा गुनौं त कति सम्भव छ ।।
मरुभूमिको मृगको तृष्णा मेटाउन पनि के साँच्चै सरलै होला त ?
र, सुनमा सुगन्ध थप्न पनि के साँच्चै सहज नै होला र ?

छैन, तर जतिसुकै जटिल र कठिन भए पनि ।
यी काम पनि फत्ते नगरी हुँदै नहुने भएको छ ।।

कस्तुरीलाई उसको आफ्नै नाभीमा
बीणा छ भन्ने सम्झाउन पनि सारै अप्ठेरो छ ।
र, बुझेर बुझ पचाउने हरामीहरुलाई
बुझाउन त झन् ज्यादै गाह्रो छ ।।

गासको आस गर्दै भासमा भासिएकालाई उतार्नु त झन् कति हो कति जटिल छ ।
अझ रङ्गीन कागजमा रातो चित्र कोर्न त झन् सबभन्दा जटिल र कठिन छ ।।
तैपनी जतिसुकै जटिल र कठिन भए पनि
गर्नै पर्ने कामकुरा त नगरी हुँदै नहुने भएको छ ।।

अहिले यहाँ त

पुरेतका गाईहरुलाई तह लगाउने
भरपर्दो गोठालो नभै नहुने भएको छ ।
मत्ता हात्तीहरुलाई बशमा ल्याउनसक्ने
सिपालु माउते पनि नभै नहुने भएको छ ।।

जानी–जानी जहाज महासागरमा डुबाउने
सन्काहा क्याप्टेनहरुलाई गलहत्याउने
साहसी यात्रु क्याप्टेन त झन् नभै नहुने भएको छ ।

म्याच फिक्सिङ गरी

आफ्नो देशको टोलीलाई हराउने खेलघाती र
देशघाती, गद्दारलाई खेलबाटै नखेदी त झन् हुँदै नहुने भएको छ ।।
यस्ता हरामखोर, गद्दारलाई देश निकाला नगरी नहुने भएको छ ।
हरामखोर, गद्दारहरुलाई देश निकाला नगरी नहुने भएको छ ।।।

 


Thali Mobile Pvt.Ltd.