भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्न आग्रह

हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्न आग्रह

काठमाण्डौ । महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयबासीले अस्थायी तटबन्ध निर्माण थालेका हुन ।

हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने र तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेकाले डुबान र कटान भइरहेको स्थानीयको भनाइ छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसको र गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको स्थानीयको गुनासो रहेको छ ।

४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासीले तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गरेका छन् ।
जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ ।

महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएकाले यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.