भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

हिमालमा हराएका भारतीय आरोही भेटिए

हिमालमा हराएका भारतीय आरोही भेटिए

काठमाडौं । अन्नपूर्ण हिमालको खोंचमा खसेर हराइरहेका भारतीय पर्वतारोही अनुराग मालू फेला परेका छन् । उद्धारकर्ताले उनलाई फेला पारेको भारतीय समाचारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य अवस्था गम्भीर रहेकोले अस्पताल लगिएको छ । ३४ वर्षीय मालू राजस्थानको किशनगढका निवासी हुन् ।

तेस्रो शिविरबाट झर्दै गर्दा उनी ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए । सोमबार हराएका थिए । संसारको १०औं अग्लो हिमाल हो अन्नपूर्ण ।

मालूले ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने मिसन बनाएका थिए । त्यसैको शीलशीलामा उनी अन्नपूर्ण चढेका थिए ।

 


Thali Mobile Pvt.Ltd.