भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

चुनावी सभामा शिर्ष नेताहरु, चर्चामा खरेल देखि यादवसम्म

चुनावी सभामा शिर्ष नेताहरु, चर्चामा खरेल देखि यादवसम्म

काठमाडौं । वैशाख १० गते हुने निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लक्षित गरि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु चुनावी सभामा बेस्त छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

गठबन्धनका तर्फबाट चितवनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र बारामा जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेका छन्। गठबन्धनले बारा–२ को महागढीमाईको बरियारपुरमा चुनावीसभा गर्न लागेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले कैलाश खबरलाई बताए।

बारामा रमेश खरेल चर्चामा
प्रहरीका पूर्व डीआइजी रमेश खरेल यतिबेला चर्चामा छन् । उनी बाराबाट चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा उम्मेदवार रहेका उनी चुनाव प्रचार अभियानलाई तीब्र पारीरहेका छन् । मतदाताको घरघर पुग्दै उनले गुनासो सुन्ने र आफ्ना एजेण्डा सुनाउनमा व्यस्त छन् ।

एकमात्र सक्षम पात्र आफू रहेको उनको दाबी छ । ‘एसपी रमेश खरेल’ का रुपमा परिचित उनी प्रहरी सेवामा रहँदा पर्सा जिल्ला प्रहरी कार्यालयमा केही समय बिताएका थिए । प्रहरीको कमाण्ड सम्हालेको अवस्थालाई फाइदा उठाउने दाउमा उनी देखिन्छन् ।

उपेन्द्र यादव, पुरुषोतम पौडेल, शिवचन्द्र कुशवाहाको जित्ने दावी
यता सत्ता गठबन्धनका बलिया उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोतम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा सोही क्षेत्रबाट चुनाव लड्दैछन् । इमानदारिताको आधारमा जनताले आफूलाई मत दिने भएकाले जीतको दाबी तीनै जनाले गरिरहेका छन् ।

अहिले जनताको घरघरमा पुगिरहेका उनीहरुले इमान र बेइमान छुट्याउने समय आइसकेको बताइरहेका छन् । इमानदार र राम्रो मान्छेलाई भोट हाल्नु जनताको कर्तव्य भएको भन्दै आफ्ना पक्षमा भोट हाल्न अनुरोध गरिरहेका छन् । विगतका चुनाव र जितपछि नेताका व्यवहारले जनताहरु निराश छन् ।

जनताप्रति ठुलो अन्याय भएको छ । उनीहरुको आशा र भरोसामा दोहन भएको छ भनेर स्थानीयले बताइरहेका छन् । नेतृत्वसँग नागरिकको थुप्रै गुनासो रहेकाले कसले जित्ने भन्नेमा यत्तिकै भनिहाल्न नहुने उनीहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.