भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

१० बजे १० समाचार : पैसा नतिर्ने उद्योगीको विद्युत् काट्ने चेतावनीदेखि ठगी आरोपमा महिला पक्राउसम्म

१० बजे १० समाचार : पैसा नतिर्ने उद्योगीको विद्युत् काट्ने चेतावनीदेखि ठगी आरोपमा महिला पक्राउसम्म

आजका मुख्य समाचारमा बक्यौता नतिर्ने उद्योगीको विद्युत् लाइन काट्ने ऊर्जा राज्यमन्त्रीको चेतावनी, शेखर–गगन सम्बन्ध कसरी बिग्रियो ?, ठगी आरोपमा बानेश्वरबाट महिला पक्राउ, टोखामा सुटर पक्राउ गर्न प्रहरीले चलायो गोली, बानेश्वरमा झडप हुँदा डीएसपी घाइते, एमाले सचिवालय बैठकका यी हुन् ८ निर्णय लगायत छन् ।

१. बक्यौता नतिर्ने उद्योगीको विद्युत् लाइन काट्ने ऊर्जा राज्यमन्त्रीको चेतावनी

ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर) तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे ।

२. शेखर–गगन सम्बन्ध कसरी बिग्रियो ?

नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका डा। शेखर कोइराला र गगन थापाको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । महाधिवेशनमा डा। कोइराला सभापतिमा पराजित भए । थापा भने लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित भए । त्यसपछि उनीहरूको सम्बन्ध बिस्तारै बिग्रिँदै गएको हो ।

३. ठगी आरोपमा बानेश्वरबाट महिला पक्राउ

ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।

४. टोखामा सुटर पक्राउ गर्न प्रहरीले चलायो गोली

राजधानीको टोखामा प्रहरीले गोली आइतबार एक सुटरलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गोली चलाएको हो । यस क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

५. बानेश्वरमा झडप हुँदा डीएसपी घाइते

काठमाडौँको नयाँ बानेश्वरमा आइतबार झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आइतबार आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

६. एमाले सचिवालय बैठकका यी हुन् ८ निर्णय

नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले सचिवालय बैठकका ८ बुँदे निर्णय सार्वजनिक (विज्ञप्तिसहित)
एमाले सचिवालय बैठकका ८ बुँदे निर्णय सार्वजनिक (विज्ञप्तिसहित)
एमालेका जनसङ्गठनमा स्थायी कमिटी खारेज
एमालेका जनसङ्गठनमा स्थायी कमिटी खारेज
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक

७. सरकारबारे कठोर बन्दै जसपा नेपाल

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबारे कठोर बन्दै गएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वाग्रही हिसाबले एउटै अपराध अन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्यमा संलग्न रहेको आरोप लगाएका छन् ।

८. एनआरएनएको एकता महाधिवेशन गराउन सरकारले तोक्यो प्रतिनिधि

शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन सरकारले प्रतिनिधि तोकेको छ । सर्वोच्च अदालतको परमादेश र फैसला कार्यान्वयन निर्देशनालयले हालै गरेको पत्राचारका आधारमा परराष्ट्र मन्त्रालयले कानुन मन्त्रालयको सिफारिसमा सहसचिव अरुणा जोशीलाई प्रतिनिधि तोकेको हो ।

एनआरएनएको एकता महाधिवेशन गराउन सरकारले तोक्यो प्रतिनिधि
एनआरएनएको एकता महाधिवेशन गराउन सरकारले तोक्यो प्रतिनिधि

९. गाँजा किन्ने विषयमा विवाद हुँदा हत्या

काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा फागुन १४ मा मृत भेटिएका अडवीर राईको हत्या आरोपमा दोलखाको मेलुङ गाउँपालिका घर भएका विराट ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो । गाँजा किनबेचको विषयमा विवाद हुँदा ५० वर्षीय अडवीरको हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

१०. माओवादीले किन हेरफेर गरयो अभियानको समय तालिका ?

नेकपा माओवादी केन्द्रले फेरि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । शनिबार सर्लाहीदेखिका कार्यक्रम १÷१ दिन पछि सारेर तालिका हेरफेर गरेको माओवादीले फेरि अर्को सर्कुलर पठाएर महोत्तरीदेखिको कार्यक्रमको समय तालिका परिवर्तन गरिएको जनाएको छ ।राताेपाटीबाट…

 


Thali Mobile Pvt.Ltd.