भर्खरै : Sorry, your browser does not support inline SVG.

अजरबैजानबाट अमेरिका जान लागेका २८ नेपाली पक्राउ

अजरबैजानबाट अमेरिका जान लागेका २८ नेपाली पक्राउ

काठमाडौं । अजरबैजानबाट अबैध रुपमा अमेरिका जानलागेका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा अमेरिका जान लागेका २८ जना नेपालीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको अजरबैजानका लागि गैरआवासीय राजदूताबासले जनाएको छ ।

नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो । नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कन जनाएको छ ।

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । १० लाख रुपैयाँ लिएर झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.