भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच | उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु | तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो | चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग? | ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो |

सिन्धुलीको बितिजोरमा बाढीपहिरो, ३१ वटा घरमा क्षति

सिन्धुलीको बितिजोरमा बाढीपहिरो, ३१ वटा घरमा क्षति

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा आज बिहान आएको बाढीपहिरोबाट ३१ वटा घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।बाढीले पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको हो ।

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा सुँगुर र ६० वटा कुखुरा मरेका छन् ।

बाढीपहिरोले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ, वडाध्यक्ष कार्कीले भन्नुभयो– रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड पुरिँदा किसान मर्कामा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.