भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

अझै बनेनन् कालीकोटका बाढीपहिरापीडितका घर

अझै बनेनन् कालीकोटका बाढीपहिरापीडितका घर

मान्म, । गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन । घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन् । गत वर्षको बाढीपहिराले क्षतविक्षत भएको नरहरिनाथ गाउँपालिकामा उनीहरुका लागि एक सय ५१ घर बनाउनुपर्नेमा बल्लतल्ल ५० घर सकिएको छ ।

अन्य घरको काम अझै सुरु हुन सकेको छैन । गत हिउँदको जाडोमा कठांग्रिएर दिन कटाएका बाढीपहिरापीडितले अझै घरमा बस्न पाएका छैनन् । सङ्घीय तथा प्रदेश सरकारले ढिलोगरी बजेटको अख्तियारी दिँदा गत आर्थिक वर्षमा ५० घर निर्माण भएको थियो भने चालू आर्थिक वर्षमा १०१ घर निर्माण हुने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो । “गतवर्ष कर्णाली प्रदेश सरकारको रु एक करोड ७० लाखको लगानीमा ५० घर बनाइएको छ” उहाँले भन्नुभयो, “यो वर्ष थप रु चार करोड बजेट आएको छ । यो बजेटबाट १०१ बन्नेछन् ।”

त्यस्तै, गतवर्षको पहिरोबाट क्षतविक्षत भएको रास्कोटमा बाढीपहिरापीडितका लागि २०६ घर बनाउनुपर्नेमा बल्लतल्ल १०६ घर बनाएको र अन्य घरको काम अझै सुरु हुनसकेको छैन । परिवार आफैंलाई निर्माणको जिम्मा दिएको प्रदेश सरकारले बनाएका घर अझै हस्तान्तरण गरेको छैन । नगरपालिकाले माघसम्म औपचारिक कार्यक्रम गरेर बनेका घर हस्तान्तरण गर्ने योजना बनाएको नगरप्रमुख काशीचन्द बरालले बताउनुभयो ।

“नगरका ७ नम्बर वडाको पुच्छेगाउँमा थप एक सय घर निर्माणको प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “गत वर्ष एक सय ६ घर बने भने यो वर्ष थप एक सय घर बन्नेछन् ।” रास्कोटमा गत वर्ष कर्णाली प्रदेश सरकारले पीडितका घर बनाउन रु तीन करोड ३० लाख दिएकोमा यस वर्ष थप रु चार करोड रकम उपलब्ध गराउनेछ । पहिराले बढी क्षति पु¥याएको वडा नं १ र ३ मा पर्ने बडोलतोला, लहरेला, सागाटिया, कुमालवाडा, भट्टेडाँडा र तामाकोटमा एक सय ६ घर निर्माण भएका हुन् ।

प्रतिघरको लागत रु पाँच लाख हुनपर्ने भए पनि स्थानीय जनप्रतिनिधिले आफन्तलाई पार्न घर सङ्ख्या बढाएर रु ३ लाख ६३ हजार मात्र रकम दिएको पीडितको गुनासो छ ।  वडा नं १ मा प्रदेश सरकारबाट ४० घर निर्माणका लागि रु पाँच लाखका दरले रु दुई करोड रकम आएको थियो । नगरका पदाधिकारीले सामान्य क्षति भएका आफन्तका घर बनाउन घर सङ्ख्या थपेर रु ३ लाख ६३ हजारका दरले मात्र रकम दिएको स्थानीयवासीको गुनासो छ । “सरकारको उद्देश्य त राम्रो हो”, उनीहरु भन्छन्, “नगरका जनप्रतिनिधिले गतिलो काम गरेनन् ।”

पहिराले धेरै मानवीय क्षति पु¥याएको नरहरिनाथ–४ सुगरखालमा ५० घर निर्माण भएर पीडितलाई हस्तान्तरण गरिए पनि अझै एक सय घर बन्न बाँकी छन् । गत वर्ष कर्णाली प्रदेश सरकारको रु एक करोड ७० लाखको लगानीमा ५० घर बनाइएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । उहाँले सुगरखालमा यो वर्ष थप एक सय घर बनाउन रु चार करोड बजेट आएको जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.