भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा । अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.