एजेन्सी । भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन् ।
अधिकारीहरूले ५४ जनालाई अस्पताल पु¥याएका छन् । सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताएका छन् ।
मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको बताइएको छ ।
