अध्यक्ष श्रेष्ठ र चेस विकास निर्देशशक निगेल सर्टबीच भेटवार्ता

अध्यक्ष श्रेष्ठ र चेस विकास निर्देशशक निगेल सर्टबीच भेटवार्ता

काठमाडौं । नेपाल ओलम्पिक कमिटी ९एनओसी० अध्यक्ष जीवनराम श्रेष्ठ र अन्तर्राष्ट्रिय चेस महासंघका लागि चेस विकास निर्देशशक निगेल सर्टबीच भेटवार्ता भएको छ ।

नेपाल चेस संघका अध्यक्ष विदुर गौतमसमेत उपस्थित कार्यक्रममा सर्ट र अध्यक्ष श्रेष्ठबीच ओलम्पिक मुभ्मेन्ट र चेस संघको कामबारे छलफल भएको थियो ।

इङ्ल्यान्डका पूर्व चेस खेलाडीसमेत रहेका सर्ट १९ वर्षको उमेरमा ग्रान्डमास्टर बनेका थिए ।

ग्रान्डमास्टर, स्तम्भकार, प्रशिक्षक तथा कमेन्टेटरसमेत रहेका सर्टसँग नेपाल चेस संघको भूमिकाको बारेमा पनि छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.