भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त |

प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, बिहीबार सुनुवाई हुदै

प्रधानन्यायाधीशमाथिको उजुरी खोलियो, बिहीबार सुनुवाई हुदै

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरी खोलिएको छ ।

संसदीय सुनुवाई समितिको आजको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरा (राणा) को सभापतित्वमा बसेको बैठकले संसदीय सुनुवाइका लागि उजुरी खोलिएपछि उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न बनाएको कार्यविधि पारित भएको हो ।

बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए ।

यसैबीच न्यायपरिषद्ले कामयमुकायम प्रधानन्यायाधीश कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.