भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

अपहरणमा परेको नाटक गर्ने दुईजना पक्राउ

अपहरणमा परेको नाटक गर्ने दुईजना पक्राउ

झापा । अपहरणमा परेको भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभ) कमान्डरसमेत रहेका सुहाङ बेपत्ता भएपछि आफन्त र मञ्चले इलाका प्रहरी कार्यालय धुलाबारीमा खोजतलासका लागि अनुरोध गरेका थिए।

सुहाङ वैशाख ३१ गते अपहरणमा परेको दाबी गर्दै उनलाई सकुशलमुक्त गर्न र दोषीमाथि कारबाही गर्न आफन्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माग गरेको थियो। जिल्ला प्रहरी कार्यालय झापाले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेर खोज तलास गर्दा सुहाङलाई इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनी लुकेर बसिरहेको अवस्थामा बुधबार फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

अपहरणमा परेको नाटक गर्ने क्रममा सुहाङले बुद्धशान्ति वडा नं ७ को पैनीबगर भन्ने स्थानमा आफूले लगाएको घडी र लुगासमेत फ्याकेको प्रहरीले फेला पारेको छ। नेविसंघका कार्यकर्तासँग विवाद परेका कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न सुहाङले साथी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको प्रहरीले जनाएको छ।प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

 


Thali Mobile Pvt.Ltd.