भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

अब कर्णालीले सिंहदरवारकाे मुख ताक्न पर्दैन, कर्णालीबासी सक्षम छाैं : मन्त्री रावल

अब कर्णालीले सिंहदरवारकाे मुख ताक्न पर्दैन, कर्णालीबासी सक्षम छाैं : मन्त्री रावल

कोरोना भाइरसको संक्रमण (COVID-19) महामारीले विश्व त्राहिमाम बनेको बेला नेपालमा पनि संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ । लकडाउन, निषेधाज्ञा, कफर्यु लगायतका नियन्त्रणका नीति अवलम्वन गर्दापनि संक्रमण झन् झन् फैलिरहेको छ । समुदायमा फैलिएको कोरोना नियन्त्रणमा सरकार लागि परेकै बेला राजनैतिक घटनाक्रम भने फरकढंगले अघिबढेकाले नागरिक ससंकित भएका छन् । कुर्सीको खेलमा नेतृत्व लाग्यो भन्ने आरोप चलिरहेकै बेला कोरोना कहरमा कर्णाली प्रदेशको अवस्था के छ भनेर कैलाश खबरको विशेष अंकमा हामीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसंग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ : सम्पादक

यहाँलाई कैलाश खबरमा स्वागत छ ।
धन्यवाद ।

कोरोना कहरमा कर्णाली प्रदेशको अहिलेको अवस्था कस्तो छ ?
जेठ देखि असारको बेला यहाँ एकदमै अप्ठारो अवस्था थियो । अहिले पछिल्लो अवस्था एकदमै राम्रो छ । विशेष गरी भारतबाट फर्किएका नागरिकहरुबाट कोरोना प्रदेशमा भित्रियो । हजारौं दाजुभाई भारतबाट फर्किए, उनिहरुले केहि अप्ठारो भयो । कोभिड अहिले स्टीट छ । पछिल्लो ३५० एक्टिभ केश छन् । निकोभएर जानेमा ८६ प्रतिशत छ ।

महिलामा १६ प्रतिशत केश संक्रमण देखियो । सुर्खेतमा चिन्ता जनक अवस्था भएपनि अन्य ९ जिल्लामा सामान्य नै छ । कर्णालीको गेटवे भएर पनि होला सुर्खेतमा चिकित्सक, प्रहरी, पत्रकारमा पनि कोरोना देखिएकोले अलि चिन्ताजनक बन्यो । अहिले पूर्व तयारी भएकाले पनि होला समग्रमा भन्दा कर्णालीको अवस्था सामान्य नै छ भन्नु पर्छ ।

संक्रमण सहज त भयो तर पनि शंका गर्ने आधार छन् नि ?
अहिले पीसीआर टेस्टिङ्ग र ट्रेसिङ्गको दायरा बढाएका छौं । त्यहि अनुसार ट्रिटमेन्टको पाटो पनि अगाडि बढाएका छौं । २४ वटा स्थानीय तहमा रणनैतिक अस्पताल बनाएका छौं । कोभिड स्पेशल होस्पीटल र पाँचवटा ठाउँमा टेष्ट गर्ने बातावारण बनाएका छौं । यता भन्दा बढी राजधानीमा सिभियर केश देखिसकेपछि हामीले कर्णालीमा उच्च सतर्कता अपनाएका छौं । मेडिकल टिम सम्भावित ठाउँमा पठाएर उपचारका विधि अपनाएका छौं ।

६ वटा भेन्टीलेटरबाट आज २६ वटा पुगाएका छौं । अझ अन्यठाउँमा टेन्डर प्रक्रियाबाट अक्सिजनको समेत प्रक्रिया बढाएकाछौं । हामी कर्णालीमा नै उपचार गर्न सक्छौं भनेर पुरै टिम लागिपरेका छौं । एकपालिका एक अस्पताल भन्ने रणनैतिक लोकेशन अनुसार अघि बढिरहेकाले अब नागरिकबाट नै जवाफ लिदा हुने अवस्थामा पुगेका छौं ।

सिटामोलसम्म नपाउने कर्णालीका जिल्लामा अहिलेको अवस्था के छ ?
आज हामी सबै सेवाका साथ उपस्थित भएका छौं । अत्याधुनिक मेसिन सहितका सेवा तथा पूर्वाधार विकास गरेका छौं । स्थानीय तहमा नै अस्पतालको विकास गर्ने रणनीतिमा छौं । चिकित्सकीय सेवा सहित सबै वडामा व्यवस्था गर्दैछौं । जनशक्ति पनि व्यवस्थापन गर्दैछौं । अहिले औषधिको पहुँच सबै ठाउँमा पुु¥याएका छौं ।

कोरोना कहरलाई उपलब्धीका रुपमा लगिएको हो त ?
विर, टिचिङ्ग अस्पतालको मुख ताक्न अब कर्णालीले पर्दैन । कोरोना कहरलाई कर्णालीले अवसरका रुपमा लियो । सिंहदरवारले अधिकार दिएन भनेर अहिले भन्ने अवस्था छैन । सबलीकरणमा कर्णाली प्रदेश सचेत भएकाले पनि ‘कोभिड-19’ लाई अबसरकारुपमा लियौं । गाउँ गाउँका जनसमुदाय आज स्वास्थ्य सेवाको पहुँचमा छ । अब हामी विदेशबाट फर्किएका शिपका धनी नागरिकलाई काममा लगाउदैछौं ।

विकासबाट पछि परेको कर्णाली एकहद सम्म भएपनि अघि बढ्ने छ । विकास निर्माणमा मलम लगाउने दाउमा हामी लागिपरेकाछौं । जनताले आफ्नो विकास आफै गर्दैछन् । हिजोको कर्णाली होइन आजको कर्णालीले सिंहदरबारलाई गालि गर्दैन । दिगो विकास निर्माणका लागि कर्णाली अब आफै जुटेको छ । साधन, स्रोत अभावकैबीचमा कर्णालीले फड्को मार्ने अवस्थामा पुगेको छ ।

भनेपछि कर्णालीमा डोको एम्वुलेन्सको अन्त्य भएकै हो ?
हिजो डोकोमा हालेर विरामीलाई स्वास्थ्य केन्द्र पु¥याउनु पथ्र्यो, आज अन्त्य भएको छ । सबै पूर्ण भयो भन्ने भनाई मेरो होईन, हिजोको भन्दा आज फरक छ । डोकोमा बोकेर ल्याउनु पर्ने अवस्थाको अन्त्य पक्कै बनाएका छौं । कतिपय दुर्गम ठाउँमा त्यो अवस्था रहेपनि छिटै त्यहाँ एम्बुलेन्सको पहुँच बढाउदै छौं । एक्सेस पुग्ने अवस्थामा हामी छौं । नेपाल सरकारले पनि कर्णालीलाई आज फरकढंगले हेरिरहेको छ । हिजोको दृष्टीकोण बदलिएको छ । साल अड्केर मर्ने अवस्था दिदी बहिनीको आज छैन । गाउँमै प्रसुती सेवा दिदै छौं ।

गाउँबाट सुत्केरी महिलाको तत्काल उद्धार गर्न, अर्थात आपत विपतमा हेलिकप्टर उडाउन प्रदेश आफै सक्दैन नि किन ?
हामीले बजेट दिईसकेका छौं । अधिकार केन्द्रसंग भएकाले झनझटिलो प्रोसेस प्रक्रियाले ज्यान जोखिममा छ पक्कै छ । त्यसैले प्रदेश सरकारकै सिफारिसमा हेलिकप्टर उडाउन सक्ने माग हामीले गरेका छौं । किनकि प्रजनन् अवस्थाबाट मृत्यवरण गर्नबाट महिला दिदीवहिनी जोगाउन यो प्रक्रिया हुन नितान्त आवश्यक्ता छ ।

अहिले तपाईहरुले जे गरिरहनु भएको छ त्यो प्रयाप्त छ ?
यतिले प्रयाप्त छ भनेर भन्दैन । प्रयाप्त नभए पनि प्रयत्न गरिरहेका छौं । स्वास्थ्य प्रणाली अत्यन्तै कम्जोर भएको कर्णालीमा यतिसम्म प्रयत्न गर्नु भनेको पनि राम्रै हो । ८८ प्रतिशत चिकित्सक कर्णालीमा खाली छ । १२,१५ जना चिकित्सकले सेवा दिईरहेका छन् । साधन स्रोतको अभावमा पनि हामीले अरुको मुख ताकेनौं । तर पनि लागिपरेका छौं, प्रदेश सरकारले व्यवस्था गरेको छ ।

नेपालमा ३६ प्रतिशत पुगेको बेला १२ प्रतिशत मात्र कर्णालीमा कोरोना संक्रमण केश छ । त्यसैले महामारी नियन्त्रणमा प्रयत्न जारी छ । महामारी पूर्व पनि कर्णालीमा झाडा पखालाले मरेका केश थुप्रै छन् । आज त्यो अवस्थाको अन्त्यमा छौं । शिक्षा, स्वास्थ्य, रोजगार स्थानीय तहको सरकारले गर्नु पर्छ । ठूला, ठूला काम मात्र प्रदेश सरकारले गरोस अनि अन्तराष्ट्रिय स्तरमा केन्द्रिय सरकारले काम गरोस भन्नेमा हाम्रो चाहना हो । म यसमा आग्रह गर्न चाहन्छु ।

८८ प्रतिशत चिकित्सकीय दरबन्दी खाली हुदा कसरी काम गर्न सक्नु भयो त ?
४० प्रतिशत मात्र चिकित्सक सरकारले पुर्ति गरेको छ । ६० प्रतिशत यहाँ खाली छ । त्यसैले हामीले करारमा चिकित्सक लिएर काम गरिरहेका छौं । हुम्लाका मानिसलाई सुर्खेत ल्याएर उपचार गर्दैनौं । त्यहि चिकित्सक पु¥याएर उपचार सेवा दिईरहेका छौं ।

करारमा आफ्नालाई मात्र हेरे भन्ने आरोप पनि छ नि, कर्णालीमा पनि त्यहि स्थिति हो की ?
नागरिकको पसिनाबाट उठेको रकमले हामी चलेका छौं । त्यसैले जनताका काममा मन्त्रालयबाट हामी पूर्ण सचेत छौं । रणनीति बनाउने र मोनिटरिङ्ग गर्नेकाम हामीले गरेका छौं । कर्णालीमा त्यस्तो अवस्था छैन् । कहि कतै भेटिए हामी कारवाही गर्न तयार छौं । मिडियाले पनि खोजिनीति गरिदिनु प¥यो । कार्यविधिमा जसको मापदण्ड पुग्छ उ आउछ र त्यसैले काम पाउछ । मेरो र तेरो भन्ने कुरा कर्णालीमा आउन दिन्नौं भन्नेमा छौं ।

अन्तमा के भन्नु हुन्छ ?
पैसाले मात्रै जोगिन सकिन्न कोरोना महामारीबाट । अमेरिका, युरोप जस्ता सम्पन्न देशको अवस्था अहिले हामीले देख्यौं । उनीहरुको दाजोमा नेपाल त कति पछि छ । त्यसैले आफै सचेत जति भयो त्यति सुरक्षित हुने हो । तपाईको लोक प्रिय मिडियामार्फत आम नेपालीलाई के भन्छु भने, जमघट नगरौं, सामाजिक दुरी कायम गरौं । अनावश्यक घरबाहिर नजाऔं । महामारीबाट बचौं । बाँचिएपछि भोलि जे पनि गर्न सकिन्छ । कर्णाली सरकारले अवलम्वन गरेका कुरालाई कर्णालीवासीले नजिकबाट अवलम्वन गरेकाले नै यहाँ भयावह स्थिति आएको छैन । त्यसैले सचेत बनौं कोरोना भगाऔं ।

महत्वपूर्ण विचार र समयका लागि यहाँलाई धन्यवाद ।
मेरो आवाजलाई कैलाश खबरमार्फत सम्पूर्ण कहाँ पु¥याउने अवसर दिएकोमा कैलाश खबरको होल युनिटलाई धन्यवाद । देश, विदेश जहाँ भएपनि मलाई सुन्न र हेर्न हुने सम्पूर्ण नेपालीलाई सचेत भएर सुरक्षित भएर कोभिड विरुद्धको लडाई जित्न अनुरोध गर्दछु । अहिले अर्काको मुख ताक्ने होईन आफै कसरी महामारीबाट बच्ने भन्ने मुख्य कुरा हो । सरकार त जहिले पनि नागरिककै पक्षमा छ । विचार राख्ने अवसर दिनु भयो त्यसकालागि तपाई धेरै धेरै धन्यवाद ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.