काठमाडौं । सरकारी वार्ता टोलीसँग मिटरब्याज पीडितहरुको वार्ता भंग भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्ता भंग भएको हो ।
संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेपछि वार्ता भंग भएको संर्घष समितिले जनाएको छ । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने जनाएकाे छ ।
५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ । सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँग अब वार्ता नगर्ने समितिले उल्लेख गरेको छ ।
