अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता हटाउन मन्त्री र सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता हटाउन मन्त्री र सचिवलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । मन्त्री र सचिवहरु मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सोमवार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका मन्त्री, सचिव र कर्मचारीहरु निणर्य गर्न नै डराउने अवस्था आएको बताएका हुन् ।

प्रचण्डले भने, ‘आजभोलि त गम्भीर स्थिति के भएको देखिएको छ भने अब हाम्रा कर्मचारीहरु, सचिवहरु, मन्त्रीहरु सबै अब निर्णय गर्नुभन्दा निर्णय नगर्नु जाति भन्ने मानसिकता राखेकाले त्यस्तो नगर्न निर्देशन दिए । सचिवज्यूहरु निर्णय ग¥यो भने अदालतमा जानुपर्ने । मुद्दा मामिलामा जानुपर्ने भनेर एउटा आतंकजस्तो बनेको जिकिर प्रचण्डको छ ।

अलिकति बोल्ड डिसिजन त लिनैपर्छ भन्दै उनले सचिवहरुमा कुनै निर्णय गरे मुद्दा, मामिलाका कारण अदालत जानुपर्ने हो कि भन्ने आतंक छाएको बताए । व्यवसायीहरु पनि व्यवसायमा अगाडी बढ्दै जाँदा मुद्दा, मामिलामा फसिन्छ की भनेर आतंकित हुने खतरा रहेको उनले बताए ।

उनले देशको परम्परागत ऐन, कानून र परम्पराले देशको विकास हुन नसक्ने भन्दै यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । ऐन, कानून र परम्पराको डोरीमा बाँधिएर परिणाममुखि काम गर्न नसकिएको उल्लेख गरे । निजी क्षेत्र र विदेशी पुँजीलाई आकर्षक सुविधा नदिने र विश्वासमा नलिने हो भने देशको विकास नहुने बताए ।

प्रधानमन्त्री दाहालले देशको विकासमो मोडेलमा व्यापक बहस र रुपान्तरणको आवश्यकता रहेको बताए । विकास निर्माण र बजेट विनियोजन प्राथमिकताको आधारमा नभई भनसुन र पहुँचको आधारमा हुनुले सन्तुलित विकास हुन नसकेको दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.