छाेरीले बाबा बाबा भन्दा मुटु चुडिने ‘कोरोना पीडित’ ल्याव वैज्ञानिकको ‘पीडादायी’ अनुभव(भिडियाे कुराकानी)

छाेरीले बाबा बाबा भन्दा मुटु चुडिने ‘कोरोना पीडित’ ल्याव वैज्ञानिकको ‘पीडादायी’ अनुभव(भिडियाे कुराकानी) image

अमेरिकामा समाचारमा आएको भन्दा बढी दर्दनाक अवस्था रहेकाे कोरोना पीडितले बताएका छन् । अस्पतालमा लाशहरुको लाइन छ । यहाँ भेण्टिलेटरयुक्त अस्पतालको अभाव छ । संसारकै शक्तिशाली राष्ट्र भनेर चिनिने अमेरिकाको भयावह स्थिति देख्दा अन्य मुलुकको अवस्था झन् कति कष्टदायी होला ? सोच्दै मानिस डिप्रेशनमा जाने अवस्था छ । न्यूयोर्कमा सबैभन्दा बढी नेपाली रहेका छन् । याे स्थानमा कोरोना त्रास झन् झन् बढीरहेको छ । कोरोनाको अत्यन्तै पीडादायी अवस्थाबाट उठेर म अहिले कुरा गरिरहेको छु । छोरीले बाबा बाबा भनेर आउने तर आफु कोरोना पीडित भएकाले उनीहरुलाई टाढैबाट कुरा गर्दा यो भन्दा दर्दनाक अवस्था अरु के होला र ? अमेरिकामा बस्दै आएका मेडिकल ल्याब बैज्ञानिक जो कोरोनाबाट विजय प्राप्त गरेका छन् । उनै अमेरिकामा काेराेना पीडित नेपालका सोलुखुम्बु जिल्लाका रायन लाम्गादेसंग कैलाश खबरकर्मीले गरेकाे कुराकानीकाे अंश : सम्पादक

तपाईको परिचय ?
मेरो नाम रायन लाम्गादे । म अमेरिकामा विगत १७ वर्ष देखि छु । मेरो नेपालको घर सोलुखुम्बु जिल्लामा पर्छ । अमेसरीकामा मेडिकल ल्याव्रोटरी साइनटिसको रुपमा म काम गरिरहेको छु । विभन्न अस्पतालहरुसंग आबद्ध भएर पनि मैले काम गरिरहेको छु ।

कुन ठाँउमा कार्यरत हुनु हुन्छ ?
न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत छु । मेरो विगत १५ दिन निकै कष्टकर रहे । झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको लडाईपछि अहिले पुनर्जन्म पाएजस्तो लागेको छ ।

कति भयो अमेरिका बसाई ?
विगत १७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएको छु । झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छु । म अहिले ४४ बर्षको भए ।

कोरोना संक्रमणको अनुभव बारे भन्न मिल्छ ?
कोरोनाको संक्रमण हुँदा यति गाह्रो हुन्छ भने अनुमान नै गर्न सकिदैन । जब मैले भोगे, यो भोगाई व्यक्त गर्नका लागि मसँग शब्द छैन । तर पनि उच्च मनोबल, सकारात्मक सोंच, औषधीउपचार र सावधानीका कारण कोरानालाई पराजित गर्न सकेकोमा अहिले मलाई युद्धभूमिबाट लडाई जीतेर आएको सिपाहीजस्तै अनुभव भैरहेको छ ।

कोरोनाको लक्षण र आइसोलेसनमा बस्दाको कुरा ?
बु्रकलिनको माउन्ट साइनाई हस्पिटल र न्युयोर्कको नर्थशोर युनिभर्सिटी हस्पिटलमा ल्याब टेक्नोलोजिस्ट र मेडिकल टेक्नोलोजिस्टका रुपमा सन् २०१७ देखि कार्यरत छु । कोरोना महामारीको संक्रमण बढेपछि अमेरिकामा संकटकालको घोषणा गरिएको भएपनि तथा न्युयोर्कमा घरभित्र बस्न आदेश दिइएको भएतापनि अत्यावश्यक कामदारमा पर्ने भएकाले मैले नियमित काममा जानु पथ्र्यो ।

श्रीमति र दुईछोरीका साथमा न्युयोर्कको लङ आइल्याण्डको न्यु हाइडपार्कमा बस्दै आएको मलाई मार्च ३० सोमबार अचानक विसन्चो भएको अनुभव भयो । मलाई रुघाखोकी लाग्यो । संगसंगै ज्वरो समेत आइरहेको थियो । शरिरमा एकदमै थकानको अनुभव भयो । मलाई भित्रभित्र शंका लाग्यो ? ‘कतै मलाई कोरोना भाइरसको संक्रमण त भएन ?’ थकान धेरै लागे पछि कोभिड १९ को टेस्ट गर्नुपर्ने सोंच आयो ।

तर यत्तिकै रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा न्युयोर्कमा कोरोनाको परीक्षण सहज थिएन । अस्पतालमा सिकिस्त नभएसम्म टेस्ट नगर्ने भएकाले गाह्रो थियो । मैले आफ्नो प्राइमरी केयर फिजिसियनको नेटवर्कले ड्राइभ थु्र टेस्ट गर्दै गरेको अनलाइनबाट थाहा पाँए । त्यसपछि अनलाइनमा अप्वाइन्टमेन्ट बुक गरेर म मार्च ३० मा सोमबार कोभिड टेस्टका लागि गए । टेस्ट गरेर घरमा आउँदा मलाई झन हनहनी ज्वरो आयो ।

त्यहाँ को को हुनुहुन्छ ?
मसंग २ बर्ष र ६ बर्षका दुई छोरी, श्रीमति छन् ।

कोरोना संका लाग्ने वित्तिकै के गर्नु भयो ?
सबैभन्दा पहिले मेरो परिवारलाई बचाउनु पर्छ भन्ने ठाने । आफूलाई कोरोना संक्रमण भइहाले पनि अरुलाई सर्न दिनुहुँदैन भन्ने मनमा लाग्यो । त्यसैले छोरी र श्रीमति रहेको पहिलो तल्लामा छिर्दै नछिरी सरासर दोश्रो तलामा गए र बसेँ । यद्यपी अमेरिकामा कोरोनाको महामारी चर्को बन्दै गएदेखि नै मैले बाहिर काम गर्ने भएकाले सावधानी अपनाउनु पर्छ भन्ने ठाँने ।

तर लक्षण देखिएपछि विशेष सावधानी अपनाए । कामबाट फर्केर आएपछि काममा लगाएको सबै कपडा गाडीमा नै खोलेर गाडीमा रहेको कपडा लगाएर घरभित्र छिर्थें । आफूलाई भइहाले पनि अरुलाई नसरोस् भनेर घरमा रहदा पनि मास्क लगाएर बस्थें । नुहाएर मात्र घरभित्र छिथ्र्ये । परिवारको नजिक गएन मार्चको दोश्रोसातादेखि मेरो यस्तो कार्य चल्यो ।

कोरोनाको परीक्षण गरेर घरमा आएपछि मलाई निकै गाह्रो भएको अनुभव भयो । सरासर माथिल्लो तलमा गएर एकहजार एमजीको एसिटामिनोफिन खाए । अनि आराम गरे । एकछिन पछि एकदमै पसिना आयो र ज्वरो निको भएको अनुभव भयो । ज्वरो ठिक भएपछि कोरोनाको संक्रमण नभई सामान्य रुघाखोकी र ज्वरो होला जस्तो मनमा लागेको थियो ।

त्यसपछि के भयो ?
मार्च ३१ मा म काममा गएँ । ज्वरो र खोकी लागिरहेकाले काममा पनि अरु सहकर्मीहरुको नजिक गएन । सामाजिक दुरी कायम राख्न अरुलाई प्रेरित गरेँ । मंगलबार बेलुका कामबाट फर्के पर्छि अझै च्याप्दै गएको अनुभव भयो । ‘म माथि गएर सुत्छु बच्चाहरुलाई मेरो छेउमा नपठाउनु भनेर श्रीमतिलाई भनें । त्यसपछि माथि आएर औषधी खाएर सुतें ।

दुईतीन घण्टापछि ज्वरो निको भएजस्तो भयो । त्यसपछि म खाना खाएर सुतें ।’ अप्रिल १ मा विहान उठ्दा अझ गाह्रो भएको अनुभव भयो । काममा जानसक्ने अवस्था नभएपनि केही जरुरी काम भएको भन्दै काममा गए । काममा पुग्दा एकदमै ग्रस्त बनाइसकेको थियो । जिउ दुख्ने र हिड्न गाह्रो हुने भइसकेको थियो । त्यसपछि स्वास्थ्य सेवामा गए । त्यहाँ ज्वरो चेक गरियो । १ सय दशमलव ४ ज्वरो आएको थियो ।

त्यसपछि ?
हिड्न पनि निकै गाह्रो भयो । परिवारका सदस्यबाट आइसोलेट गरेर माथिल्लो तलामा रहेको एउटा कोठामा गएर बसँे । ढाडमा सिस्नोले हाने जस्तो अनुभव भयो । त्यसपछि एकसाता कठिनभित्रको पनि कठिन साता बन्यो । ‘मलाई गाह्रो भएपछि मेरो श्रीमती निकै आत्तिइन् । तर सहकर्मी र अन्य साथीहरुले सबैले थाहा पाएपछि स्वास्थ्यलाभका सन्देशहरु पठाए ।

हामी तपाईको साथमा छौं, आत्मवल बढाउनुहोस् भन्ने सन्देशहरु पठाउनुभयो । जसले मनोबल उच्च बनाइरयो ।’ पीडा पचाउदै पचाउदै थिए । बुधबार राती सुतेको बेला ढाडपनि असाध्यै दुख्यो । ‘मेरो ढाडमा सिस्नोले हानेजस्तो पीडा निकै बढ्यो । अत्यन्तै पीडाका कारण सुतेको बेला बेडमा कहिले कता फर्किन्थें त कहिले कता पछारिन्थे त्यो मलाई पनि थाहा हुदैनथ्यो । तरपनि मैले आफूलाई शान्त राख्न प्रयास गरिरहे ।’

भुईमा कहिले घोप्टो परेर त कहिले उत्तानो परेर सुत्थे तर पनि दुखाई पटक्कै निको हुदैनथ्यो । यसरी नै रात विताएपछि विहानै श्रीमति तातोपानी, कागती पानी, बेसार पानी तयार पारेर ढोकामा आउँथिन् । मैले नियमित रुपमा बेसार र कागती पानी खाँदै गएँ । ‘मैले घरेलु औषधीहरु, सुप र ज्वरोको औषधीका साथमा मनोबल पनि उच्च राख्ने प्रयास गरिरहे ।’

यसरी नै ४ दिन बिते । कोराना भाइरससँगको लडाई चलिरहको थियो । एकसाँझ श्रीमतिले मलाई मेसेन्जरमा कल गरेर ६ बर्षकी जेठी छोरीले मेरा लागि प्राथना गरेको सुनाइन् । छोरीको प्राथना सुने, म निकै भक्कानीएँ । गला अबरुद्ध भयो । ‘जेठी छोरीलाई मैले सुनेको छु भन्ने पनि थाहा थिएन । भगवान मेरो ड्याडीलाई निको बनाइदिनुहोस् भनेर मेरो छोरीले बारमबार प्राथना गरिरहेकी थिइन् ।’ त्यो अवस्था मेरालागि निकै कष्टदायी बने म निकै भावुक भएँ । छोरीको प्राथनाका कारण मेरो मनोबल अझ उच्च भयो ।

बाँकी कुरा थाहा पाउन यो भिडियो हेर्नुहोस्

https://www.facebook.com/Kailashkhabarnews/videos/638951523617333/

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda