भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन कैलालीका पालिकाको आग्रह

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन कैलालीका पालिकाको आग्रह

कैलाली, ९ बैशाख । कैलालीका विभिन्न स्थानीय पालिकाहरूले गहुँ बाली भित्र्याइसकेपछि खेतबारी सफा गर्ने क्रममा आगो नलगाउन किसान तथा नागरिकलाई अनुरोध गरेका छन्। खेतबारीमा आगो लगाउँदा माटोको उर्वराशक्ति घट्ने, वातावरण प्रदूषित हुने तथा बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको हो।

किसानहरूले गहुँ भित्र्याएपछि खेतमा रहेका नल तथा भुसा जलाउने प्रवृत्ति बढेकाले धनजनको क्षति हुने जोखिम बढेको भन्दै जानकी गाउँपालिकाले सूचना जारी गर्दै आगो नलगाउन आग्रह गरेको छ।

गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसी का अनुसार खेतमा रहेको नल÷भुसा जलाउनुको सट्टा गौशालामा रहेका गाईवस्तुको आहाराका रूपमा उपलब्ध गराउन किसानलाई अनुरोध गरिएको छ।

टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ।त्यस्तै जोशीपुर गाउँपालिकाले पनि खेतमा आगो लगाउँदा मानव बस्तीमा आगलागीका घटना बढेको भन्दै आगो नलगाउन आह्वान गरेको छ।

गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी का अनुसार आगो लगाउँदा माटोका सूक्ष्म जीव नष्ट हुने, माटोको गुणस्तर बिग्रने तथा पशु आहारामा कमी आउने समस्या देखिने गरेको छ।

पालिकाले भुसा सङ्कलन गरी गौशालामा बिक्री गर्न किसानलाई प्रोत्साहनसमेत गरेको छ। पालिकाले प्रतिट्रली भुसाको मूल्य रु ३ हजार ७०० र प्रतिडनलप रु २ हजार ५०० निर्धारण गरेको जनाएको छ। टीकापुर नगरपालिकाले पनि खेत सफा गर्ने क्रममा आगो लगाउँदा घर तथा बस्तीमा आगलागी हुने जोखिम बढेकाले सचेत रहन आग्रह गरेको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी का अनुसार सीमित दमकल र जनशक्ति भएकाले खेतमा लगाइएको आगो नियन्त्रण गर्न कठिन हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत माटो संरक्षणका लागि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ।

बाली विकास अधिकृत गिरिशराज जोशी का अनुसार आगो लगाउँदा प्रदूषण बढ्ने र माटोमा रहेका मित्र कीरा नष्ट हुने भएकाले यसको सट्टा खेत जोतेर मल बनाउनु उपयुक्त हुने सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.