भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन कैलालीका पालिकाको आग्रह

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन कैलालीका पालिकाको आग्रह

कैलाली, ९ बैशाख । कैलालीका विभिन्न स्थानीय पालिकाहरूले गहुँ बाली भित्र्याइसकेपछि खेतबारी सफा गर्ने क्रममा आगो नलगाउन किसान तथा नागरिकलाई अनुरोध गरेका छन्। खेतबारीमा आगो लगाउँदा माटोको उर्वराशक्ति घट्ने, वातावरण प्रदूषित हुने तथा बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको हो।

किसानहरूले गहुँ भित्र्याएपछि खेतमा रहेका नल तथा भुसा जलाउने प्रवृत्ति बढेकाले धनजनको क्षति हुने जोखिम बढेको भन्दै जानकी गाउँपालिकाले सूचना जारी गर्दै आगो नलगाउन आग्रह गरेको छ।

गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसी का अनुसार खेतमा रहेको नल÷भुसा जलाउनुको सट्टा गौशालामा रहेका गाईवस्तुको आहाराका रूपमा उपलब्ध गराउन किसानलाई अनुरोध गरिएको छ।

टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ।त्यस्तै जोशीपुर गाउँपालिकाले पनि खेतमा आगो लगाउँदा मानव बस्तीमा आगलागीका घटना बढेको भन्दै आगो नलगाउन आह्वान गरेको छ।

गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी का अनुसार आगो लगाउँदा माटोका सूक्ष्म जीव नष्ट हुने, माटोको गुणस्तर बिग्रने तथा पशु आहारामा कमी आउने समस्या देखिने गरेको छ।

पालिकाले भुसा सङ्कलन गरी गौशालामा बिक्री गर्न किसानलाई प्रोत्साहनसमेत गरेको छ। पालिकाले प्रतिट्रली भुसाको मूल्य रु ३ हजार ७०० र प्रतिडनलप रु २ हजार ५०० निर्धारण गरेको जनाएको छ। टीकापुर नगरपालिकाले पनि खेत सफा गर्ने क्रममा आगो लगाउँदा घर तथा बस्तीमा आगलागी हुने जोखिम बढेकाले सचेत रहन आग्रह गरेको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी का अनुसार सीमित दमकल र जनशक्ति भएकाले खेतमा लगाइएको आगो नियन्त्रण गर्न कठिन हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समेत माटो संरक्षणका लागि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ।

बाली विकास अधिकृत गिरिशराज जोशी का अनुसार आगो लगाउँदा प्रदूषण बढ्ने र माटोमा रहेका मित्र कीरा नष्ट हुने भएकाले यसको सट्टा खेत जोतेर मल बनाउनु उपयुक्त हुने सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.