भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

अमेरिकी सहायक विदेशमन्त्रीको भेटघाट तीव्र, परराष्ट्रमन्त्रीपछि अर्थमन्त्रीसँग छलफल

अमेरिकी सहायक विदेशमन्त्रीको भेटघाट तीव्र, परराष्ट्रमन्त्रीपछि अर्थमन्त्रीसँग छलफल

मुख्य बुँदा

समीर पल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरे

त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छलफल गर्ने कार्यक्रम

कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि भेटमा सहभागी

कपुरले पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए

रवि लामिछानेसँग पनि निवासमै पुगेर भेटघाट गरेका थिए

काठमाडौं, ८ बैशाख । नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर ले मंगलबार उच्चस्तरीय भेटघाटलाई तीव्रता दिएका छन्।

कपुर बिहान साढे ९ बजे परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेटवार्ता गरेका छन्। त्यसलगत्तै बिहान साढे १० बजे उनले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गर्ने कार्यक्रम रहेको छ। मन्त्रीहरूसँगको भेटमा कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि सहभागी छन्।

कपुरले सोमबार अपराह्न पाटन दरबार स्क्वायर को भ्रमण गरेका थिए। दूतावासका प्रवक्तासहित उनी अपराह्न सवा ३ बजेतिर त्यहाँ पुगेका थिए। समीर पल कपुर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा टर्किस एअरलाइन्स को उडान नम्बर टीके–७२६ मार्फत इस्तानबुल हुँदै काठमाडौं आइपुगेका थिए। त्यसपछि उनी महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए।

दूतावासमा करिब एक घण्टा बिताएपछि कपुर बूढानीलकण्ठ नजिकै रहेको रवि लामिछाने को निवासमा पुगेर भेटघाट गरेका थिए।कपुरको तीनदिने भ्रमणका क्रममा सरकारी अधिकारी, व्यवसायी र सांस्कृतिक क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ। उनले प्रधानमन्त्रीसँग भेट गर्ने वा नगर्नेबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

 


Thali Mobile Pvt.Ltd.