भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

इरानसँगको वार्ताका लागि युद्धविराम अवधि थप्ने ट्रम्पको घोषणा

इरानसँगको वार्ताका लागि युद्धविराम अवधि थप्ने ट्रम्पको घोषणा

काठमाडौं, ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। दुई देशबीचको वार्तामा ठोस प्रगति नभएसम्म युद्धविरामलाई निरन्तरता दिइने उनले बताएका छन्।

ट्रम्पले तेहरानले एकीकृत प्रस्ताव प्रस्तुत नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्। यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा परेको थियो।

सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै ट्रम्पले अमेरिकी सेनालाई नाकाबन्दी जारी राख्न तथा सम्भावित परिस्थितिका लागि तयार रहन निर्देशन दिएको जानकारी दिएका छन्। उनले इरानको प्रस्ताव नआएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम जारी रहने बताएका छन्।

यसैबीच, तेहरानले थप वार्तामा ढिलाइ गरिरहेका बेला ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्स को इस्लामाबाद भ्रमण स्थगित गरेको छ।पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ ले युद्धविरामको अवधि थप गर्ने निर्णयप्रति ट्रम्पलाई धन्यवाद दिएका छन्।

उनले दुवै पक्षले युद्धविरामको पालना गर्दै इस्लामाबादमा प्रस्तावित दोस्रो चरणको वार्ताबाट स्थायी शान्ति सम्झौता हुने आशा व्यक्त गरेका छन्। यसैबीच, इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने विषयमा अझै निर्णय नगरेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.