भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

अलपत्र नेपालीको पिर कस्ले सुन्ने ?

अलपत्र नेपालीको पिर कस्ले सुन्ने ? image

हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विदेशी रेमिटान्सले समेटेको छ । युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नु पर्ने, स्वदेशमै ठूलाठूला उद्योग, कलकारखाना खोल्नु पर्ने, नेपाल भित्रको असिमित जलसंपदाको उपयोग, दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्नुपर्ने, आयमुलक जंगल बनायर हजारौंको रोजगारी सृजना गर्नुपर्ने, आधुनिक तथा व्यावसायिक कृषिको विकास गर्नु पर्ने, जल जमिन र जडिबुटीको वैज्ञानिक उपयोगको नीति लागू गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्नेमा उल्टै सरकारले वैधानिक रुपमा युवाहरुलाई विदेश पठाउने नीति लिएको छ ।

सरकारमा रहेका, शक्ति केन्द्र वरिपरि चलखेल गर्ने व्यक्तिहरुले नै वैदेशिक रोजगारका हजारौं पसल खोलेर वेरोजगार नेपालीलाई ठगेर सहरबजारमा गगनचुम्वि महल खडा गरेका छन । सरकारले विदेशी मुलुकमा जिवनलाई नै जोखिममा राखेर कमाएको रकमको रेमिटान्सले मस्ति लिईरहेका छन् । तर दुख पर्दा साथ दिने न त सरकार देखियो न ती मानव वेचविखनमा लागेका रोजगादाता भनिने संघसंस्थाहरु नै देखिए ।

नेपाल र नेपालीको हितका लागि खोलिएका नेपाली राजदूतावास पनि कैयौं देशमा नेपालीको फोन नै नउठाउने, वेवस्ता गर्ने गरेको भेटिए । अधिकांस नेपालीले विदेशमा गएर गर्ने तीन प्रकारका काम हुनेछन् । जसलाई “three D” पनि भनिन्छ । पहिलो D को अर्थ डिफिकल्टि हो । उक्त देशका नागरिक गर्न नचाहने, नसक्ने कठिन काम नेपालीले गर्छन । सस्तोमा कठिन काम गर्नका लागि नेपाली कामदारको माग हुन्छ । न कि नेपालीको दु ख र गरिविको लागि ।

दोर्सो D को अर्थ डेन्जर हो । धेरै खतरा काम, बढि जोखिम् पूर्ण कामको लागि नेपाली कामदारको प्रयोग गरिन्छ । जसबाट कति खेर कस्को कसरी मृत्यु हुन्छ ? कुनै ग्यारेन्टी हुदैन । न विमा हुन्छ न कुनै उपदान वा पेन्सन । तेस्रो D हो डर्टि । आफ्नो देशका व्यक्तिहरु काम गर्न हिच्किचाउने काम, फोहोरी काम सस्तोमा गर्ने नेपालीहरु धेरै छन । यसरी दुख, कस्ट, पीडा, वेदना संगै आँसु र रगत बगाउदै देशको लागि, आफ्नो लागि तड्पिरहने वैदेशिक कामदारको लागि किन यो सरकारले गंभिर चासो लिएको छैन ? यो सरकार कस्को हितमा छ ?

विदेशमा नेपाली
कोरोनाले संसारभर लगडाउन भएका कारण लाखौं नेपाली पराई देशमा अलपत्र परिरहेका छन् । रोजगार गुमेको छ । खाने गाँस छैन वस्ने बाँस छैन । अर्काको मुलुकमा दुख पिडा सुनिदिने कोही छैन । विदेशमा बस्ने वातावरण छैन भने स्वदेशमा आउने अनुमती छैन । यस्तो अवस्थामा भोग र रोगले अकालमा मर्ने बाहेक अर्को विकल्प छैन । सबैभन्दा नजिकैको मुलुक भारतबाट नेपाल आउन नपाएर कैयौं दिन देखि हजारौं नेपाली सिमानामा अलपत्र परेका छन ।

४५ दिन देखि भारतको उत्तर प्रदेशको पलियाको कोरानटाईनमा करिव २०० जना नेपाली अलपत्र छन । भारतीयले केही सहयोग गरेका छन् तर नेपाल सरकार चुप लागेको छ । प्रदेशमा वसेकाको वेदनालाई बैशाख २४ को दिनेस खबर पत्रिका लेख्छ । भारतको नम्बर देखे सुदुर पस्चिमका मन्त्रीको फोन उठ्दैन, कसलाई पीडा पोख्ने ? भारतको गोवामा हजारौं नेपाली ४० दिन देखि अलपत्र छन । उनीहरु दिनरात विभिन्न सन्चार सन्चारमाध्यमबाट पिडा पोखिरहेका छन् तर सुनिदिने कोहि छैन ।

भारतको पिथौरागढमा धेरै दिन देखि २१४ जना नेपाली अलपत्र छन । सैयौ दिन सम्म सिमानामा बस्दा पनि नेपालीको सरकारले सुनुवाइ नगर्दा विदेशमा भोकै मर्नु भन्दा नेपाल मै मर्न भन्दै महाकाली नदिबाट पौडियर नेपाल पस्ने युवाको दर्दनाक वेदना सुनिदिने कोहि भएन । भारतले आफ्ना तीन लाख नागरिकलाई स्वदेशमा ल्याउदैछ । तर नेपालले कहिले सोच्ने ? भारतमा मात्रै लाखौं नेपाली अलपत्र परेका छन ।

भारत भन्दा बाहिरी मुलुकमा रहेका नेपालीको पीडा अझै दर्दनाक रहेको छ । दैनिक कोरोनाले आक्रमण गरिरहेको छ । दैनिक मृत्युको सिकार भैरहेका छन । एनआरएनएका पुर्वि क्षेत्रिय संयोजक प्रविण गुरुङका अनुसार मध्यपुर्वका देशहरूमा मात्रै करिव २० लाख नेपाली रहेका छन् । जसमध्य तत्काल ७० हजार ठुलो संकटमा छन् ।

जतिसक्दो छिटो उद्धार गर्नु पर्नेछ । नेपालको सरकारी भनाइ अनुसार पनि अहिले अलपत्र परेका मलेसियामा ७ हजार, कतारमा ५० हजार, साउदी अरबमा २० हजार, संयुक्त अरव ईमिरेट्समा १२ हजार, कुवेतमा ९ हजार, वहराईनमा तीन हजार, ओमनमा तीन हजारलाई तत्काल ल्याउनु पर्ने अवस्था छ । विदेशमा भएका चार लाख (भारत भन्दा बाहिर) नेपालीहरु तुरुन्तै स्वदेश फर्कन ईच्छुक रहेका छन । यी केही उदाहरण मात्रै हुन ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, वहराईन लगायत विश्व भर नेपाली कोरोनाका कारण संकटमा छन । आफुलाई दुईतिहाईको सरकारको धङधङी भएको कम्युनिस्ट पार्टीको सरकार भन्न रुचाउनेहरु, जनयुद्ध लडेकाहरु, जेल जीवन खाएकाहरु, प्रवासी जीवन विताएकाहरु भएको भनिएको अहिलेको सरकारलाई प्रवासिएकाहरुले महसुस गर्न सकिरहेका छैनन् । चीनमा डाक्टर पढ्न गएका विद्यार्थीलाई चीन सरकारले सबै सहयोग र सुविधाको जिम्मा लिने भन्दा भन्दै करोडौं खर्च गरेर ल्याएको सरकारले मजदुरीका लागि प्रदेशियका गरिवका छोरा छोरीले दुख पाउँदा कुनै चिन्ता किन लिएको छैन । हुनत डाक्टर पढ्ने प्राय सबै धनी, ठुलावडाका छोराछोरी हुनाले धेरै चासो लिएको हुन सक्छ ।

लगडाउनको नियम कुल्चिएर मन्त्रीहरुले रातारात खचाखच बसमा मानिसलाई आ आफ्नो जिल्लामा पुर्याउन हुने । लाखौं करोडौंको आर्थिक चलखेल गर्न हुने । कोरोनाको नाममा भित्र भित्र कालो धन्दा तथा आर्थिक अवचलनहरु गर्न हुने तर आफलाई भोट दिएर सत्तामा पुर्याएका व्यक्तिहरुको दुख नदेख्ने के जनताको सरकार हुनसक्छ र ?

विदेशमा रहेका नेपालीलाई सिधै घरमा नल्याई नियमानुसार तोकियको सर्त पूरा गर्ने गरि क्वारेन्टाइनमा बस्ने व्यवस्था गरि किन आउन नदिने ? घरमा आमावाबु र छोराछोरी तड्पिनु र प्रदेशमा युवा तड्पिन दिनु लाजमर्दो कुरा हो ।

अबको बाटो के ?
वास्तवमा यदि नेपाल र नेपालीको हित चाहने सरकार भैदिएको भए नेपाललाई स्वावलम्वि, आत्मनिर्भर र विकसित देशको सुचिमा उभ्याउने सुनौलो अवसर थियोे । सत्ताको लागि कुकुर झगडा नगरि, सांसद खरिदबिक्रीको घृणित क्रियाकलाप नगरि, काण्डै काण्डका चुलिहरु नथुपारी नेपाली अर्थतन्त्रमा नयाँ आयम थप्न सकिने थियो । वन जंगलको वैज्ञानिक प्रयोगको आयमुलक मानव मैत्री जंगलहरु वनाउन सकिन्थ्यो ।

नेपालको जलस्रोतको वहुउयोग गर्ने नीति ल्याएर विद्युुत उत्पादन, सिचाइको व्यवस्था मिलाउने काम गरे हजारौंले रोजगार पाउने र देशको अर्थतन्त्र पनि सुदृढ हुने थियो । जडिबुटी तथा अमुल्य खनिजको खोज र अनुसन्धानका अभियान सन्चालन गर्न सकिने थियो । देश भित्र स्वदेशी पुजिबाट साना तथा ठुला उद्योगको स्थापना गरिनु पथ्र्यो । भूमिको वैज्ञानिक उपयोगको नीतिले बाँजो जग्गा उपयोगको नीति ल्याउनु पथ्र्यो । शिक्षालाई सीप र श्रम संग एकाकार गरेर आयमुलक, आत्मनिर्भर तथा स्वावलम्वि नागरिक तयार हुने थिए ।

पढे लेखेका व्यक्ति विदेश जाने नभई स्वदेशमै काम गर्ने वातावरण सृजना गर्नु पथ्र्यो । शिक्षालाई सर्वसुलभ र निसुल्क बनाएर अनिवार्य देशको शेवामा लाग्ने योग्य, दक्ष नागरिक तयार गर्नु पथ्र्यो । यसैगरी सरकारले वास्तवमा निस्वार्थ रुपले जनताको हित चाहेमा देश विकासका हजारौं उपाए हरु छन । लाखौंको रोजगारी सृजना हुने बाटाहरु छन् ।

अब पवित्र आत्मा र निस्वार्थ मन भएका सम्पूर्ण नेपालीबले देश विकासको लागि सोच्नु पर्ने बेला आएको छ । वास्तविक जनताका सेवकलाई चिन्न सक्नुपर्ने बेला आएको छ । आशा गरौं आगामि दिन नेपाल र नेपालीको हितको लागि उपयोगी हुने छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.