भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा

अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा

कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले आज नियन्त्रणमा लिएको छ । से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो ।

लागुऔषधसहित युवक पक्राउ

बेलौरी नगरपालिका–१ फटियाबाट सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका वर्ष २७ का सन्तोषबहादुर चन्दलाई लागुऔषधसहित आज पक्राउ गरेको छ । सुपप्र ०१–००८ प ९९७८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका बेला सशस्त्र प्रहरीको सीमा गस्ती टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेका चन्दको साथबाट स्पास्मो १७ ट्याबलेट, भ्याट २ ट्याबलेट, एक थान मोबाइल र नगद रु एक हजार ३२५ बरामद गरिएको छ ।पक्राउ परेका चन्दलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.