भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

आउँदो ३० गतेदेखि काठमाण्डौ उडान भुटानको पहिलो भुटान एअरलाइन्सले काठमाण्डौ उडान गर्ने

आउँदो ३० गतेदेखि काठमाण्डौ उडान भुटानको पहिलो भुटान एअरलाइन्सले काठमाण्डौ उडान गर्ने

काठमाण्डौ । आउँदो ३० गतेदेखि काठमाण्डौ उडान भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले शुरु गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौको उडान फेरि शुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ ।

एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार हप्ताको चार दिन आइतवार, सोमवार, बुधवार र शनिवार उडान हुनेछ ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।

थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाण्डौ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले बताउनु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.