भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यु.एस ओपन टेनिसको सेमिफाइनलमा सर्वियन खेलाडी जोकोभिच प्रवेश

यु.एस ओपन टेनिसको सेमिफाइनलमा सर्वियन खेलाडी जोकोभिच प्रवेश

काठमाडौं । यु एस ओपन टेनिसको सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्राण्ड स्लामको क्वाटरफाइनलमा अमेरिकन खेलाडी अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम टेलर फ्रिट्जलाई हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

यसपटक यु.एस ओपन जितेको खण्डमा जोकोभिचले सर्वाधिक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ उपाधिको किर्तीमानसँग बराबरी गर्नेछन् । पुरुषतर्फ भने जोकोभिचले जितेको २३ ग्राण्डस्लाम नै अहिलेसम्मको उच्च हो ।

फ्रिट्जविरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–४ को सोझो सेटमा जिते । सेमिफाइनलमा जोकोभिचको भिडन्त अमेरिकन खेलाडीहरु फ्रान्सेस टियाफो र बेन शेल्टनमध्ये एक जनासँग हुनेछ । करियरमा २३ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोभिच अब २४ औं उपाधिको खोजीमा छन् ।

 


Thali Mobile Pvt.Ltd.