भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

यु.एस ओपन टेनिसको सेमिफाइनलमा सर्वियन खेलाडी जोकोभिच प्रवेश

यु.एस ओपन टेनिसको सेमिफाइनलमा सर्वियन खेलाडी जोकोभिच प्रवेश

काठमाडौं । यु एस ओपन टेनिसको सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्राण्ड स्लामको क्वाटरफाइनलमा अमेरिकन खेलाडी अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम टेलर फ्रिट्जलाई हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।

यसपटक यु.एस ओपन जितेको खण्डमा जोकोभिचले सर्वाधिक ग्राण्डस्लाम जित्ने अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको २४ उपाधिको किर्तीमानसँग बराबरी गर्नेछन् । पुरुषतर्फ भने जोकोभिचले जितेको २३ ग्राण्डस्लाम नै अहिलेसम्मको उच्च हो ।

फ्रिट्जविरुद्धको खेल जोकोभिचले ६–१, ६–४ र ६–४ को सोझो सेटमा जिते । सेमिफाइनलमा जोकोभिचको भिडन्त अमेरिकन खेलाडीहरु फ्रान्सेस टियाफो र बेन शेल्टनमध्ये एक जनासँग हुनेछ । करियरमा २३ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोभिच अब २४ औं उपाधिको खोजीमा छन् ।

 


Thali Mobile Pvt.Ltd.