भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

आगलागी पीडितलाई निकै समस्या

आगलागी पीडितलाई निकै समस्या

रुकुम पूर्व : रोल्पाका आगालागी पीडितलाई निकै समस्या परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ का आगलागी पीडितलाई बस्न, खान र पानीको समस्या भएको हो । पिराले र बर्तीबाङमा खानेपानीको अभाव भएको छ । नजिकको जंगलबाट गाउँमा पसेको डढेलोले मुल खोला सौर्य लिफ्ट खानेपानी आयोजना र प्युरी बर्तीबाङ सौर्य लिफ्ट खानेपानी आयोजनामा क्षति भएपछि खानेपानीको समस्या भएको जनाइएको छ ।

वैशाख १४ र १५ गतेको आगलागीबाट त्रिवेणी–२ पिरालगायत गाउँमा ३२ घर र १९ वटा गोठ जलेर ध्वस्त भएको र ती पीडितहरुमध्ये केही आफन्तकोमा शरण लिएर बसेको जनाइएको छ । केही भत्केकै घरमा त्रिपाल राखेर बसिरहेका प्रशासनले जनाएको छ । आगलागीबाट ६२ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीडितहरुलाई प्रशासनले प्रतिपरिवारलाई १५ देखि २० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.