भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आचारसंहिताले व्यवसायी मारमा

आचारसंहिताले व्यवसायी मारमा

काठमाडौं । दलहरुलाई निर्वाचन आयोगले आचारसंहितामा बाँधेपछि नाराजुलुस, पोस्टर, पम्पलेट छाप्नमा पूर्ण बन्देज लागेको छ । उम्मेदवार छनोट गर्न दलहरूले ढिलाई गरेपछि चुनावी प्रचारप्रसारको बजार नै सुस्ताएको हो ।

चुनाव केन्द्रीत सामग्री उत्पादन गर्ने व्यवसायी गर्नेहरू मर्कामा परेका छन् । विशेषगरी बागबजार क्षेत्रमा यस्ता चुनावी सामग्री उत्पादन गर्ने प्रमुख व्यापारिक केन्द्र बनेको थियो ।

यहाँ उत्पादित प्रचार प्रसार सामग्रीले देशव्यापी पकड जमाउने गथ्यो । रात दिन कामदारलाई भ्याइ नभ्याइ हुने गथ्र्यो तर अहिले भने सुस्ताएको छ । आर्थिक रूपमा चलायमान बनाउने दरिलो माध्यम बन्ने गरेको यतिबेला गतिहीन तरिकाले सुस्ताएको देखिन्छ ।

उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी–सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने आचारसंहितामा उल्लेख गरेपछि यस्तो अवस्था आएको व्यवसायी बताउँछन् ।

जसका कारण आयोगको आचारसंहिताप्रति व्यवसायीले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । आयोगले प्रचारको माध्यमलाई नियन्त्रण गर्न खोज्नु बेठिक भएको उनीहरूको भनाइ छ ।

विगतका चुनावको तुलनामा यसवर्ष चुनावी प्रचारप्रसारको समाग्री छाप्न ज्यादै कम अर्डर आएको व्यवसायीहरूको भनाइ छ । उम्मेदवारको टुङ्गो लागेपछि बजार केही सुध्रिने उनीहरूको आशा छ ।

यद्यपि उनीहरू आयोगले छानीछानी आफूहरूकै पेटमा लात मारेको ठहर गरेका छन् । पछिल्लो समय दलहरू सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा आकर्षित भएका छन् ।

गीतसंगीत, अडियो, भिडियोदेखि राजनीतिक दलका कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत सामाजिक सञ्जालबाट सार्वजनिक हुने गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.