भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आन्तरिक ९ विमानस्थलमा उडान सुरु

आन्तरिक ९ विमानस्थलमा उडान सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् । यी बाहेक रुकुम नेपालगन्ज रुकुम, नेपालगन्ज जुम्ला नेपालगन्ज, नेपालगन्ज बाजुरा नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.