भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आन्दोलन सफल नभएसम्म जारी रहन्छ : दुर्गा प्रसाईं

आन्दोलन सफल नभएसम्म जारी रहन्छ : दुर्गा प्रसाईं

काठमाडौं । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् । बिहीबार बल्खुमा प्रदर्शन गरे लगतै पत्रकार सम्मेलन गर्दै आन्दोलन जारी रहने बताएका हुन । शुक्रबार बिहान ११ बजे तीनकुनेमा जम्मा भएर प्रदर्शन गर्ने भन्दै प्रसाईंले देशको अहिलेको परिस्थितिबाट पीडित सबै प्रदर्शनमा आउनु पर्ने बताए । उनले काठमाडौंका पसलेहरुले पसल बन्द गर्दै सहयोग गर्ने तर्क समेत गरे ।

प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह भएको दाबी गर्दै प्रदर्शनका क्रममा बल्खुमा भएको झडपमा आफ्नो पक्षका २६ जना घाइते भएको र एक जनालाई टाउकोमा गोली लागेको दाबी समेत गरे । उनले घाइते सबैको उपचार आफै गर्ने समेत जानकारी दिए ।

यस अघि काठमाडौँको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शन क्षेत्रमा भएको झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए । झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.