भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

छायाँनाथ रारा नगरपालिकामा पहिलो पटक नगर बस सेवा संचालन

छायाँनाथ रारा नगरपालिकामा पहिलो पटक नगर बस सेवा संचालन

मुगु । छायाँनाथ रारा नगरपालिकाले पहिलोपटक सर्बसाधरणका लागी नगर बस संचालनमा ल्याएको छ ।

नगरपालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस नगर क्षेत्रमा संचालनमा ल्याएको हो । ३४ रुटमध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ ।

छाँयानाथ रारा नगरपालिका –१४ बाम गाँउसम्मको २२ किलोमिटर सम्मको रुटमा हिजो उद्घाटन गरिएको हो । छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्तिमध्ये दुई बस्तिमा अझै सडक पुगेको छैन ।

अन्य सबै बस्तिमा सडक पुगेको भएपनी सर्बसाधरणले सहुलिएत दरमा यातायात गर्न पाएका थिएनन् । सडक जोडिएका बस्तिहरुमा भाडामा सेवा दिदै आएका जिपहरुले मनपरी भाडा असुल्दै आएका थिए ।

गमगढीदेखी बाम गाँउसम्म भाडा जिपहरुले प्रति ब्यक्ति एकतर्फी ६ सय रुपैया भाडा लिने गरेका छन् । नगरपालिकाले आफ्नो सेवामार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई नगरबस सञ्चालन कार्यबिधी अनुसार भाडामा छुट हुने छाँयानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए ।

नगरबस सञ्चालनमा आएपछि दुईतर्फी भाडा ६ सय रुपैयाँमा आवतजावत गर्न मिल्ने भएपछि स्थानिय हर्षित भएका छन् । बाम गाँउ स्याउ र पर्यटकको हवका रुपमा पहिचान भएको गाँउ हो । यहाँ धेरै कुण्ड चंखेली हिमाल लगायत पर्यटकीय स्थलहरु छन् ।

यहाँ घुम्न बाहिरका मान्छे समेत आउने भएपछि यहाँका सर्बसाधरणहरुको आर्थिक स्थितिमा केही सुधार हुने सोही वडाका चन्द्र बुढाको भनाइ छ ।

एक डोको स्याउ बेच्न सदरमुकाम पुग्नुपर्छ । एक डोको स्याउ बेचेर १२ सय आम्दानी हुन्छ । त्यही आम्दानी भएको रकम आउँदा(जाँदा गाडी भाडा तिरेर रित्तै घर फर्किनुपर्ने अवस्था थियो ।

नगरपालिकाले सहुलियतमा नगरबस सेवा ल्याएपछि स्याउ बेचेर केही रकम बचाएर घर ल्याउन सकिने स्थानियको भनाइ छ । नगरबस सञ्चालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो ।

यो सेवाबाट मुगुका सर्बसाधरण मात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.